नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय महिला विभागले हरितालिका तिजको अवसरमा सुभकामना आदान प्रदान सम्मान एवम विविध सास्कृतिक कार्यक्रम सम्पन्न गर्ने भएको छ । नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय महिला विभागको आयोजनामा भाद्र २५ गते सोमबार कार्यक्रम हुने जनाइएको छ । कार्की बैङ्क्वेट बबरमहलमा उक्त कार्यक्रम हुन लागेको हो । समता र सशक्तिकरण सेवामा सवलीकरण भन्ने मुल नाराका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो । भाद्र २५ गते सोमबार दिउँसो दुइ तिस बाट कार्यक्रम सुरु हुने नेपाल निजामती कर्मचारी संगठनका उपमहासचिव एवम महिला विभाग प्रमुख विजयालक्ष्मी सुवेदीले जानकारी दिनुभयो । साथै उपमहासचिव सुवेदिले उक्त कार्यक्रममा उपस्थित हुनका लागि सम्पुणलाई निमन्त्रणा गरिएको बताउदै कार्यक्रममा उपस्थित भैदिनका लागि सम्पुर्ण सरोकारवाला हरुलाई अनुरोध समेत गर्नुभएको छ ।