
काठमाडौँ ।
फागुन २१ गते हुने निर्वाचन नजिकिएसँगै दुवै प्रहरीले व्यापक जिम्मेवारी हेरफेर गरेको छ ।
प्रदेश र जिल्लाका इन्चार्जहरू हेरफेर भएका छन् । नेपाल प्रहरीका ८ जना डीआईजी सरुवा भएका छन् भने सशस्त्र प्रहरीले पनि ६ जना डीआईजीलाई सरुवा गरेको छ । यसमा कोसी प्रदेशको बराह बाहिनीका बाहिनीपति पनि फेरिएका छन् ।
त्यहाँ कार्यरत कुमार न्यौपानेलाई मानवस्रोत विभागमा सरुवा गरिएको छ भने सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत डीआईजी मनीष थापालाई नयाँ जिम्मेवारी दिइएको छ । थापा यसअघि सशस्त्र प्रहरीका प्रवक्ता समेत थिए ।
यस्तै, लक्ष्मणबहादुर सिंह राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा, प्रदीपकुमार पाल कार्य विभागमा, पुरुषोत्तम थापा प्रशिक्षण प्रतिष्ठानमा र विष्णुप्रसाद भट्ट सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका छन् । अब प्रवक्ताको जिम्मेवारी भट्टले सम्हाल्नेछन् ।












