लोक सेवा आयोगद्धारा भारी संख्यामा शाखा अधिकृतको विज्ञापन ः स्थानीय तहका कर्मचारीलाई उमेरहद नलाग्ने (विज्ञापन सहित)

लोकसेवा आयोगले शाखा अधिकृतको विज्ञापन गरेको छ । विभिन्न सेवा समुहमा गरि सयौँको संख्यामा विज्ञापन भएको छ । प्रशासन सेवाको खुल्लामा मात्रै सय संख्याको हाराहारीमा विज्ञापन भएको छ त्यसैगरि महिला आदिवासी लगाएतका समावेशी समुहमा समेत ठुुलो संख्यामा विज्ञापन भएको छ । त्यसैगरि लोकसेवा आयोगले २०७६ को लोकसेवा आयोगको विज्ञापन बाट स्थानीय तहमा सिफारिस भएका कुनै पनि कर्मचारीलाई उमेरहद नलाग्ने समेत आयोगले सुचना मार्फत जानकारी दिएको छ । सर्वोच्च अदालतले स्थानीय तहका कर्मचारीलाई उमेरहद नलाग्ने गरि विज्ञापन गर्ने व्यवस्था गर्न अन्तरिम आदेश गरेको थियो । न्यूनतम योग्यता पुगेका नेपाली नागरिकले शाखा अधिकृतको विज्ञापनमा आवेदन दिन सकिने आयोगले जनाएको छ ।
विज्ञापन हेर्न यँहा क्लिक गर्नुहोस ः शाखा अधिकृत विज्ञापन खुला तथा समावेशी २०८२

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation