नेपाल बैंक लिमिटेडले लुम्बिनी प्रदेशबाट ४ तहको सिफारिस नतिजा सार्वजनिक (हेर्नुहोस् नामावलीसहित)

काठमाडौं ।

नेपाल बैंक लिमिटेड ले सहायक पदमा स्थायी नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ ।

बैंकले विज्ञापन नम्बर ३०/२०८१–८२ (खुला तथा समावेशी), लुम्बिनी प्रदेश, तह ४ (चार) अन्तर्गत सहायक पदका लागि लिइएको प्रक्रियापछि योग्यताक्रम सूचीका आधारमा उम्मेदवारहरू सिफारिस गरेको जनाएको छ ।

मानव स्रोत व्यवस्थापन विभाग, प्रधान कार्यालय धर्मपथ, काठमाडौंमा बसेको पदपूर्ति समितिको २०८२/११/०३ गतेको निर्णयअनुसार कार्यालय रोजाइको प्राथमिकता तथा योग्यताक्रमका आधारमा विभिन्न शाखा कार्यालयमा उम्मेदवार सिफारिस गरिएको सूचनामा उल्लेख छ ।

सूचना अनुसार सिफारिस सूचीमा परेका उम्मेदवारहरूलाई सम्बन्धित शाखा कार्यालयमा नियुक्ति प्रक्रियाका लागि सम्पर्क गर्न आग्रह गरिएको छ । बैंकले सिफारिससम्बन्धी थप जानकारीका लागि आधिकारिक वेबसाइट तथा प्रधान कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation