लुम्बिनी प्रदेशमा सहायकस्तर पाँचौँ तहका विभिन्न पदमा दरखास्त आह्वान (पूर्ण विवरणसहित)

काठमाडौँ ।

लुम्बिनी प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवाअन्तर्गत सहायकस्तर पाँचौँ तहका विभिन्न पदमा कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आयोगले अन्तर तह, खुला तथा समावेशी प्रतिस्पर्धात्मक परीक्षामार्फत पदपूर्ति गर्न विज्ञापन प्रकाशित गरेको हो ।

विज्ञापनअनुसार प्रदेश र स्थानीय तहका प्रशासन, लेखा, राजस्व, कानूनलगायत विभिन्न समूहका पदहरूमा माग गरिएको छ । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले आयोगको अनलाइन प्रणालीमार्फत दरखास्त दिन सक्नेछन् ।

आयोगका अनुसार परीक्षाबाट छनोट भएका उम्मेदवारहरूलाई प्रदेश तथा स्थानीय तहमा प्राथमिकताक्रमअनुसार नियुक्तिका लागि सिफारिस गरिनेछ ।

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation