
हेटौँडा ।
बागमती प्रदेश लोक सेवा आयोगले स्थानीय सरकारी सेवाअन्तर्गत सहायक पाँचौँ तहका विभिन्न पदमा माग गरिएको पद संख्या स्पष्ट गरेको छ ।
आयोगले यसअघि प्रकाशित खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षासम्बन्धी विज्ञापनअनुसार दरखास्त दिने म्याद थप भएपछि पद संख्या स्पष्ट गर्नुपर्ने भएकाले संशोधित विवरण सार्वजनिक गरेको जनाएको छ ।
सूचनाअनुसार प्रशासन, लेखा, इन्जिनियरिङ, कृषि, पशु सेवा, शिक्षा र स्वास्थ्य सेवाअन्तर्गतका विभिन्न समूह र उपसमूहका पदमा खुला, महिला, आदिवासी जनजाति र दलिततर्फ पद संख्या यथावत् तथा संशोधित गरी स्पष्ट गरिएको छ ।
आयोगले शैक्षिक योग्यता, अनुभव, उमेर, दरखास्त दिने मिति तथा अन्य सर्तहरू यसअघि प्रकाशित विज्ञापनअनुसार नै लागू हुने जनाएको छ । परीक्षासम्बन्धी कार्यक्रम आयोगले पछि सार्वजनिक गर्ने सूचनामा उल्लेख छ ।













