
काठमाडौँ ।
नेपाल सरकारअन्तर्गत आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आदिवासी जनजाति आयोग (प्रशासन सेवा) तर्फका लोकसेवा परीक्षार्थीका लागि निःशुल्क अनलाइन तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।
दोस्रो पटक प्रकाशित सूचनाअनुसार इच्छुक उम्मेदवारले तोकिएको मितिभित्र अनलाइन फाराम भरी सहभागी हुन सक्नेछन् ।
कक्षा आदिवासी जनजाति समुदायका परीक्षार्थीलाई लक्षित गरी सञ्चालन गरिने जनाइएको छ । थप जानकारीका लागि प्रतिष्ठानको आधिकारिक वेबसाइट www.nfdin.gov.np मा हेर्न सकिनेछ ।










