ठूलो संख्यामा कर्मचारी भर्ना गर्न राष्ट्रिय तथ्यांक कार्यालयको सूचना

काठमाडौँ ।

काठमाडौँको थापाथलीस्थित राष्ट्रिय तथ्यांक कार्यालयले ठूलो संख्यामा करार सेवाका कर्मचारी माग गरेको छ ।

कार्यालयले आज सूचना जारी गर्दै नेपाल श्रम शक्ति सर्वेक्षणका लागि देशभरका विभिन्न कार्यालयमा ८० जना कर्मचारी आवश्यक भएको जनाएको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले आगामी १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

काठमाडौँ, मोरङ, धनुषा, कास्की, दाङ, सुर्खेत र कैलालीस्थित तथ्यांक समन्वय कार्यालयका लागि सुपरिवेक्षक र गणक पदमा भर्ना गर्ने सूचनामा उल्लेख गरिएको छ ।

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation