
काठमाडौँ ।
लोक सेवा आयोगले सुर्खेत केन्द्रबाट सञ्चालन गरिएको नायव सुब्बा पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । प्रशासन, राजस्व सेवाअन्तर्गत रा.प. अनं. प्रथम श्रेणीको उक्त परीक्षाबाट ६ जना उम्मेदवार छनोट भएका छन् ।
छनोट भएका उम्मेदवारहरूलाई आगामी २०८२ वैशाख २२ गते दिउँसो २ बजे लोक सेवा आयोग, सुर्खेत कार्यालयमा कम्प्युटर सीप परीक्षण तथा अन्तर्वार्ताका लागि उपस्थित हुन आयोगले सूचित गरेको छ ।











