न्याय सेवा आयोगले १० जना सहायक न्यायाधिवक्तालाई उच्च तहमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौँ ।

न्याय सेवा आयोगले १० जना सहायक न्यायाधिवक्तालाई उपन्यायाधिवक्तामा बढुवाका लागि न्यायपरिषद्समक्ष सिफारिस गरेको छ ।

बिहीबार बसेको आयोगको बैठकले ज्येष्ठता तथा कार्यसम्पादनका आधारमा ५ जना र कार्यक्षमता मूल्यांकनका आधारमा ५ जनालाई बढुवा गर्न सिफारिस गरेको हो ।

ज्येष्ठता र कार्यसम्पादनका आधारमा सिफारिस हुनेमा वैदेशिक रोजगार विभागका सहायक न्यायाधिवक्ता राजेन्द्र रेग्मी, उच्च सरकारी वकिल कार्यालय विराटनगरका मुकुन्दकुमार रेग्मी, जिल्ला सरकारी वकिल कार्यालय प्युठानका मदन शर्मा, जिल्ला सरकारी वकिल कार्यालय डोल्पाका विजयराज घिमिरे र धाङका लक्ष्मीकिशोर शर्मा रहेका छन् । आयोगले बढुवा भएपछि कहाँ पदस्थापन गर्ने भन्ने सिफारिस समेत गरेको छ ।

कार्यक्षमताका आधारमा बढुवा सिफारिस हुने ५ जनामा सत्य निरुपण तथा मेलमिलाप आयोगका भक्ति उपाध्याय, उच्च सरकारी वकिल कार्यालय पाटनकी शिलुका लिंथेप, उच्च सरकारी वकिल कार्यालय विराटनगरका कल्याण पराजुली, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका पूर्णबहादुर केसी र महान्यायाधिवक्ताको कार्यालयका दीपक बस्याल रहेका छन् ।

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation