
काठमाडौँ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भमा नेपाल सरकारले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयद्वारा जारी सूचनाअनुसार फागुन २०, २१ र २२ गते (तीन दिन) मुलुकभर सार्वजनिक बिदा रहनेछ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार मतदान प्रक्रिया सहज र व्यवस्थित बनाउन बिदा दिइएको जनाइएको छ । सम्बन्धित सबै निकाय र सर्वसाधारणलाई सोहीअनुसार आवश्यक तयारी गर्न मन्त्रालयले अनुरोध गरेको छ ।












