उपरथीमा बढुवा भएका ३ जना सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरियो

१८ पुस, काठमाडौं ।

नेपाली सेनाको उपरथी दर्जामा बढुवा भएका तीन जना सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

सैनिक मुख्यालय जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले शुक्रबार बढुवा भएका अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरे ।

उपरथीमा बढुवा भएका पाइलट रामसुन्दर बोहोरा, भुवन खत्री र प्राविधिक धर्मेन्द्रकुमार झालाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

यसै अवसरमा सहायक रथीमा बढुवा भएका एक जना तथा महासेनानीमा बढुवा भएका पाँच जना सैनिक अधिकृतलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation