
काठमाडौँ ।
कृषि विकास बैंक लिमिटेडले विभिन्न पदका लागि लिएको लिखित तथा अन्तर्वार्ता परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
बैंकको कर्मचारी व्यवस्थापन विभाग, मुख्य कार्यालय काठमाडौँका अनुसार खुला तथा समावेशी प्रतिस्पर्धात्मक परीक्षाअन्तर्गत सहायक र अधिकृत तहका विभिन्न पदमा सफल उम्मेदवारहरूको नाम सार्वजनिक गरिएको हो ।










