
मेरा बा को शिरमा सजिएकाे त्यो टोपी
संसारको बास्तविकता यहि हो कि जे कुराको दिन आँउछ त्यसको मात्र तत्काल चर्चा हुन्छ,तर नत विगतको चर्चा हुन्छ नत भविस्यको। अव दुनियाको प्रभाव नेपालमा नपर्ने कुरै भएन। प्रसङ्ग सुरु गरौँ टोपि दिवशको। जब जब जनवरी १ आँउछ विश्वभर अंग्रेजी नयाँ वर्षको बहार छाँउछ।नेपालमा पनि मूख्य शहरहरुका मूख्य ठाउँमा नयाँ वर्षका भब्य कार्यक्रम भईरहँदा अर्को तर्फ कोही देश प्रेमी केही सम्पदाप्रेमी ले मनाँउछन राष्ट्रिय टोपी दिवश।जे होस कम्तीमा टोपीलाई एकदिन भएपनि सम्झिएकै छन्। आज कम्तीमा वर्षभरी कहिल्लै टोपी नलगाउनेको शिरमा पनि टोपी देख्र्न पाइन्छ।आज सामाजिक संजाल तातिएको छ,राष्ट्रीयता झल्किएको छ, देशप्रेम सुनाएकै छन्। तर भोलिबाट त्यो टोपी सिरानीमुनी रहन्छ। तर स्वाभिमानको उच्च शिर खाख्दै जीजनभर कालो भादगाँउले टोपी लगाउने मेरा बा लाई नत टोपी दिवश आउनुपर्छ तत कुनै दिवश।टक्क कालो टोपी लगाँउछन् ।कहिले टोपी छोट्दैनन। उनलाई नत त्यो टोपी पूरानो लाग्छ नत नराम्रो लाग्छ। जबसम्म च्यातिदैन तबसम्म लगाउँछन। भन्नेले झुत्रो टोपी, पुरानो टोपी भन्छन् तर बालाई प्रभाव पर्दैन ।भन्छन् टोपी च्यातिओस या झुत्रो होस तर मेरा बा स्वाभिमानमा अडिक छन्। कसैको दुई पैसा खानुहुन्न सकैसम्म अरुलाई दिनुपर्छ भन्ने उनको भावना छ।कहिले पनि मसँग छैन नभन्नु ।छैन भने भने कहिले पनि हुदैन यो उनको आदर्श हो । बा बास्तविकतामा रमाउँछन् त्यसैले त कालो टोपीमा झल्किन्छन्। त्यो त उनको मेहनतको टोपी हो,स्वाभिमानको टोपी हो निरन्तर मेहनत र परिश्रमको टोपी हो ।द्दण्द्दण् सालमा जन्मेका मेरा बा को जिन्दगी प्रा।वि तहको शिक्षण पेशामा बित्यो।करिव ४० वर्ष कालो टोपी र छाता बोकेर घर र स्कुल गर्दाको मेरा बा को जिन्दगि यसमा मात्र कहाँ बित्यो र दुई छाक खान र परिवार पाल्न मेरा बा ले कति नङ्रग्रा खिआए त्यसको कुनै हिसाव छैन। बा लाइ न त कहिल्लै ब्रान्डेड टोपी चाहियो नत बजारमा चलेको फेसन उहि सधैको ३०० रुपैयाँको भाँदगाउँले टोपी। वर्षको दुइ वटा टोपी किन्छन त्यसैले वर्ष गुजार्छन। नत उनलाई मंहगो चाहिन्छ नत राम्रो । आज दुनिया बदलिसक्यो टोपी लगाउने मान्छे घट्दो क्रममा छ। बरु तालु देखाएर हिड्नेको जमात ठूलो छ। तर टोपी लगाउदैनन्। ठिक त्यसको उल्टो छन् मेरा बा। ६० वर्ष पार गरीसकेका मेरा बा मेरा प्रेरणाका स्रोत हुन्। टोपी मात्र होइन उनी कुनै कुरामा फजुल खर्च गर्दैनन्।उनको आफ्नै विशेषता छ । उनी परिश्रम मा रुचाउँछन। उनलाई काम गर्नु छ आफै उत्पादन गरेर पसिना बगाएर दुई छाक खानु छ। शहरको कोलाहल उनी रूचाउँदैनन् । बसाइसराइ ले गाँउ रित्तिदाँपनि उनलाइ शहरको रहर छैन। उनी बास्तविकतामा रमाउछन प्रकृतिसंग रमाउँछन माटो मा रमाइरहेका छन्। उनी अजै पनि नोकिया मोबाइल बोक्छन।उनी त्यसलाई नि निकै स्याहार गरेर राख्छन्। उनमा नत कुनै धेरै आंकक्षा छन नत कुनै इक्छा। कालो टोपी उनको पहिचान हो चिनारी हो । चाडपर्व आओस नआओस टोपी टुटाउन्नन्। नत सामाजिक संजाल राख्नुपर्ने नत कसैलाई देखाउनुपर्ने उनलाई यसको कुनै प्रवाह छैन। हामि शहरमा बस्नेहरु पिजा बर्गर र मोमो मा रमाउँदा उनी आटो र मोहिमा रमाएका छन्। हो त्यही आदर्श पात्रको छोरो हुनुमा मलाई गर्व छ। उनी मेरा मार्गदर्शक र पेरणाका स्रोत हुन। टोपी दिवशमा मेरा बा लाई दिर्घायुको कामना गर्दछु।

लेखक बाेमलाल पराजुली










