लाेकसेवा तयारी गर्दाकाे कठिन समय देखि सफलतै सफलता सम्म , कहानी लेख्दा लेख्दै थप दुई ठाउँमा नाम निस्किएपछि

लोकसेवा तयारीको कहानी असफलता र सफलताको भूमरी

गुल्मीको दुर्गम गाउँमा जन्मिएको सूर्यप्रसाद को सपना स्पष्ट थियो,लोकसेवा निकालेर समाज सेवा गर्ने। तर बाटो सजिलो थिएन, दुर्गम गाउँमा बसेर राजधानी काठमाडौ लगायत देशभरका विद्यार्थीहरुबाट अब्बल सावित हुनु तर उनले हार मानेनन्। गुल्मीको धुर्कोट गाउँपालिकाको भगवती मा वि बाट २०६८ सालमा एसएलसी पास गर्दा उनी पालिकाकै प्रथम हुन सफल भएका थिए। गाउँमा सामान्य परिवारमा जन्मिएका सूर्यप्रसाद उच्च शिक्षा के पढ्ने दोधारमा थिए। उनको भित्री इच्छा सरकारी जागिर खाएर समाज र देशको सेवा गर्ने थियो। तर उनी त्यतिबेला आफूलाई इच्छा लागेको विषय पढेर लोकसेवा यात्रा तय गर्न पाएनन्। त्यसपछि उनको बाटो मोडियो। विज्ञान विषयमा स्नातक तहसम्म खुरुखुरु पढे। तर उनी सन्तुष्ठ थिएनन्। जीवन एउटा हो पटक पटक पाईदैन भन्ने सोचेर उनले विज्ञान विषयको पढाईलाई स्थगित गरे। त्यसपछि संकल्प गरे सरकारो सेवाका अधिकृत बन्ने तर बाटो सहज थिएन। एकातिर परिवारको उच्च आकांक्षा अर्को तिर बाटो मोडेर हिडेको मान्छे जसलाई सरकारी सेवाका प्रवेश गर्नु चुनौती त थियो नै। उनले दृढ संकल्प गरे यत्रो उमेरसम्म दुख गरी यो अवस्थामा ल्याउनुभएको वुवा आमालाई एकदिन खुसी दिलाएरै घोड्छु। उनको शंकल्प थियो, ती पटपटी फुटेका बा आमाको छालामा मलम लगाएरै छाड्छु। तर समय सधै एकनासको कहाँ हुन्छ र उनको सफलता त्यती सजिलो थिएन। २०७६ सालमा उनले पहिलोपटक लोकसेवा आयोगको परिक्षा दिए तर उनी अधिकृतमा बैकल्पिक परे। पहिलो गासमा ढुङ्गा भनेजस्तै भयो पहिलो परिक्षा। त्यसलगतै उनी पाँचौ तहमा सिफारिस भए। अब चाँहि उनको मनमा आशाको दियो बल्न थाल्यो। तर पनि उनी सन्तुष्ट थिएनन्। उनको मनमा एक किसिमको बेचैन र हुटहुटी थियो अधिकृत हुनुपर्ने ।

सिफारिस भएको पाँचौ तहको उनले निकुक्ति नै लिएनन्। बरु फेरी तयारी गर्न थाले। काठमाडौको किर्तिपुरको एउटा कुनामा बसेर अध्ययन गर्दै गर्दा उनलाई अब के लाग्यो भने जुनसुकै पदको भएनी जागिर खानुपर्यो किनकी काठमाडौंको मंहगी त्यसमाथी अध्ययन सामाग्री मंहगा कोचिङ सेन्टर त्यसमाथी चारैतिर फारम भोर्दा लाग्ने पैसा। यसको जसो तसो जोहो गर्न पनि कुनै न कुनै जागिर खानुपर्ने निश्कर्षमा पुगे। नभन्दै २०७७ सालको माघ महिनामा सामाजिक सुरक्षा कोषको चौथो तहमा सिफारिस भए। त्यसपछिका दिन पनि उनको लागि सहज भएन। नखाउ सस्तो सिकार खाऊभने कान्छाबुवाको अनुहार भनेझै त्यो जागिर नत छोड्न सके नत त्यसमा रमाउन सके। समय बित्दै गयो कोरोनाकालको कहालीलाग्दो अवस्था देशले ब्यहोर्यो। देश संघीयतामा गएपछि लोकसेवाको विज्ञापन केही समय रोकियो तर पनि उनी हार मानेनन् निरन्तर अध्ययन गरीरहे । समय बित्दै जाँदा करिव २ वर्ष उनको सामाजिक सुरक्षा कोषमा बित्यो। संगै आएका धेरैजसो साथीहरु त्यहाँबाट अधिकृत भएर निस्किए। तर उनी लागिरहे निरन्तर।
२०७८ सालमा उनका लागि फेरी अर्को अवसर आयो नागरिक उड्डयन प्राधिकरणको सहायक तह सिफारिस भए। उनी फेरी दोधारमा थिए नत शंकल्प पूरा भएको छ नत नाम निस्कन छोडेको छ, यस्तो अवस्थामा उनी अब फेरी नागरिक उड्ययन तिर हाम फाले। यात्रा फेरी मोडयो तर मनमा चैन भने हुन सकेन। अब उनी सहायक तहका कुनैपनि परिक्षा नदिने निर्णय गरे। त्यतिबेला सम्म उनको फेरी जनक शिक्षा सामाग्री केन्द्रमा पाँचौ तहमा सिफारिस भइसकेका थिए। तर उड्ययन प्राधिकरण छोडेनन्। एकातिर मास्टर डिग्री पढ्नुपर्ने अर्कोतिर अधिकृत बन्नुपर्ने त्यसमाथी उमेर भैसकेकोले बुवा आमा आफन्तबाट विहे गर्नुपर्ने दबाबको सामना गरीरहे। अब उनको दुईओटा यात्रा सुरु भयो उनी जनप्रशासन क्याम्पस बल्खुमा जनप्रशासन विषयमा डिग्री गर्न थाले। एकातिर एरपोर्टको जागिर अर्कोतिर डिग्री कक्षा त्यसमाथी अझै अधिकृतको तयारी उनका लागि सहज थिएन्। तर पनि निरन्तर लागिरहे यसै बिचमा उनको नेपाल टेलिकमको अधिकृत पदमा नाम निस्कियो । उनमा खुसीको सिमा भएन आफ्नो लक्ष पूरा हुन लागेकोमा उनी दंग थिए। तर त्यो खुसी धेरै दिन टिक्न सकेन उनि बैकल्पिक परे। उनी निराश हुदै कितावका पाना पल्टाउन थाले , दिन कसो नआउला सधै असफल पक्कै भैदैनहोला भनेर उनी अध्ययनमा लागिरहे। तर समय अजै पनि उनको पक्षमा थिएन पुन नागरिक उड्डयन प्राधिकरणको अधिकृतमा बैकल्पिक परे। उनले भन्न थाले हैन यो बैकल्पिक कोटा मेरा लागि बनेको हो रु कि मेरो भाग्य यस्तो रु
समय बित्दै गयो दिनले कहाँ पर्खिर्थेर। समयसंगै जुधेर हिड्नुपर्ने उनको बाध्यता थियो। उमेर ढल्किदै जान थाल्यो घरमा बिहेको गाँइगुइ चल्न थाल्यो। कान्छो छोरो बुवा आमाको इच्छाको लागि पनि उनि बिहे गर्न तयार भए तर मनमा एक किसिमको बेचैनि बोकेर। गाँउको रितिरिवाज अनुसार उनको धुमधामसंग बिहे भयो । अब त उनको काँधमा जिम्मेवारीको भारी थपियो। माइति ससुराल पक्ष घरका बुढा भएका बा आमाको हेरचाह भर्खर बिहे गरेर ल्याएकि श्रीमतीका चाहाना पूरा गर्न उनको लागि पुन चुनौती थपिए। उता पटक पटक बैकल्पिक परेर थाकेको मन यता पारीवारिक ब्यवस्थापन उनको लागि निकै कठिन समयको सुरुवात भयो। अब उनी गर या मरको अवस्थामा पुगे । त्यसलगत्तै पुन नागरिक उड्ययन प्राधिकरणको अधिकृत तहको रिजल्ट आयो यसपालि भने उनि निकै आशावादी थिए। गतवर्ष पो बैकल्पिक परियो सधै त्यस्तो कहाँ हुन्छ र उनले आफ्नो मनलाई प्रतिप्रश्न गरे तर रिजल्ट आयो फेरी पनि बैकल्पिक सूचिमा ….
उनि निराश हुदै यताउता गरिरहे तर त्यसबेला उनलाई साथ दिने उनको दुखमा मनाउँ गर्ने श्रीमती उनको साथमा थिईन्। उनले एकचोटी थोमस एल्बा एडिसनलाई सम्झिए। र अठोट गरे कति पटक असफल हुदो रैछु बल्ल त ४ पटक भो म हार्न हुन्न ।हार्नु भनेको कायर हुनु हो भनेर आफ्नो मनलाई आफै सम्झाए र फेरी निरन्तर आफ्नो कर्ममा लागिपरे। यस बिचमा नायब सुब्बा लेखापाल पदमा धेरै पहिले दिएको परिक्षाको सिफारिस भयो यहाँ पनि उनि १ नम्बर बैकल्पिक परे । यो उनको ५ औ बैकल्पिक थियो। अब त उनलाई रिजल्ट आउँदा पहिले बैकल्पिकको लिस्ट हेर्न थाले। समय बित्दै गयो एकदिन एकजना साथिले उनलाई फोन गरेर भने तिम्रो त बिमा प्राधिकरण सहायक निर्देशकमा नाम निस्केछ, सेवा सुविधा पनि अन्य क्षेत्रको भन्दा धेरै रामो छ रे। उनी खुसी हुन सकेनन् त्यो साथिलाई भने बैकल्पिक लिस्ट्टमा नाम नदेखे मलाई फोन गर्नु नत्र नगर्नु १ उनि आजित भैसकेका थिए । नभन्दै रिजल्ट आयो वैकल्पिक …….
सूर्यप्रसाद नामै सूर्य जस्तै किन चम्किन सकेन सधै बैकल्पिक पर्नुपर्ने के यो मेरो ठेक्का होरु उनी आफैसँग रिसाए। रिस गरेर मात्र त पुगेन उनी पुन आफ्नो कर्ममा लाग्न थाले । भाग्यले सधै कहाँ ठग्दो रहेछ र त्यसको लगत्तै उनी कर्मचारी संचयकोषको अधिकृत तहमा सिफारिस हुन सफल भए। अब त समय उनको पक्षमा आयो संचयकोष कै पाँचौ तहमा नाम निकाले। लगत्तै नेपाल विद्धुत प्राधिरणको सातौ तहका नाम निकाले अहिले त उनलाई अधिकृत तहको जागिर फालाफाल भएको छ । हिजोको दिनलाई उनि सम्जिन्छन र भन्छन यदि बैकल्पिक परिन्छ भनेर हार मानेको भए अहिले यति राम्रो ठाउँमा सिफारिस हुन सक्ने थिइन। आर्थिक,समाजिक, मानसिक तनाव बोकेर बसेको भए सायद सहायक तहमा नै जिन्दगी सिमित हुन्थ्यो। उदेश्य के लिनु उडि छुनु चन्द्र एक भनेझै चन्द्रमा छुन हिडेको मान्छे आफ्नो उदेश्यमा कति पनि बिचलित हुनुहुदैन भन्ने हो । यो बास्तविक कथाको सार नयाँ लोकसेवा आयोगको तयारी गरेर बसिरहनुभएका , देशमा नै संभावना छ भनेर ती दुर दराजका गाँउगाँउबाट गुन्द्रक र बेसार पोको पारेर काठमाडौ लगायतका शहरमा शंघर्ष गरिरहनु भएका तपाईहरुको प्रेरणाको स्रोत बन्न सक्नेछन भन्ने हो।९प्रस्तुत कथाका पात्र गुल्मी जिल्ला धुर्कोट गाँउपालिका निवासी सूर्यप्रसाद घिमीरे हुन्। हाल उनी कर्मचारी संचयकोषको अधिकृत तहमा कार्यरत छन्।
सन्देशस् वैकल्पिकहरू असफलता होइनन्, चेतनाका पाठ हुन्।
लेखक नेपाल सरकारका लेखा अधिकृत हुन
लेखकले यो रचना पठाएपछि पनि थप दुई ठाउँमा सुर्य प्रदास घिमिरेको नाम निस्केको छ ।

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation