कस्तो देखिएला त मौलिक पोशाकमा निजामती कर्मचारी लाई

प्रधानमन्त्री सुशीला कार्कीलेन सरकारी कर्मचारीले हप्तामा एक दिन परम्परागत पोशाक लगाउने कि ? भनेर प्रस्ताव गर्नुभएको छ
प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताउनु भएको छ। सरकारी कार्यालयहरुमा हप्तामा एक दिन भए पनि कर्मचारीहरुले आफ्नो परम्परागत पोशाक लगाउँदा उचित हुने धारणा उहाँको छ ।
तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को एक प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘कतिपय समाज अहिले आफ्नो पहिचानको खोजीमा छन् । आधुनिकताका नाममा आफ्नो मौलिकता बिर्सँदै गएको पाइन्छ । आफ्नो पहिचान नै के हो भन्ने उनीहरुलाई थाहा छैन । तर, हामी नेपालीहरुसँग प्रशस्त आफ्नोपन छ । विविध मौलिक संस्कृति र परम्परा छ । यो जोगाउनुपर्छ । बरु सरकारी कार्यालयहरुमा हप्तामा एक वा दुई दिन यस्तो पोशाक लगाउने व्यवस्था गर्ने विषयमा पनि सोच्नुपर्ने हो कि ?’ यसरी निजामती कर्मचारीले आफ्नो मौलिक पहिचान झल्कने पोशाक लगाउदा मौलिक पहिचानको जगेर्नामा महत्वोपुर्ण सहयोग पुग्ने अनुमान लगाउन सकिन्छ ।

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation