सेयर बजार दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि कमी

काठमाडौँ ।

सेयर बजार परिसूचक (नेप्से) आज दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १३.३५ अंकले घटेर २६३५.९४ विन्दुमा ओर्लिएको छ ।

बजारसँगै कारोबार रकम पनि घटेको छ । कुल ३२३ कम्पनीका १ करोड ६ लाख कित्ता शेयर खरिदबिक्री हुँदा आज ५ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन अघिल्लो दिन ७ अर्बभन्दा बढी रहेको थियो ।

आजको कारोबारमा ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८७ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । १० कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

बजारमा ट्रेडिङ र फाइनान्स बाहेक सबै सूचक घटेका छन् । होटल र उत्पादमूलक क्षेत्रमा १ प्रतिशतभन्दा बढी गिरावट देखिएको छ, जबकि अन्य समूहको घटबढ सोभन्दा कम रहेको छ ।

आज सर्वाधिक नाफा कमाउने कम्पनी नारायणी विकास बैंकको शेयर मूल्य ६.०८ प्रतिशतले बढेको छ । यस्तै, एसवाई प्यानलको शेयर मूल्य ८.४५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज एसवाई प्यानल शीर्ष स्थानमा रह्यो । यस कम्पनीको २६ करोड ९४ लाख ९७ हजार २८२ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, श्रीनगर एग्रोटेकको २३ करोड ५५ लाख ६५ हजार र मञ्जुश्री फाइनान्सको २० करोड ४७ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation