सशस्त्र प्रहरीका ३ एआईजीको सरुवा

काठमाडौँ ।

सशस्त्र प्रहरी बल नेपालका तीन जना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्रका सबै एआईजीको एकसाथ सरुवा गर्ने निर्णय गरेको हो ।

मानव स्रोत विभागमा एआईजी नारायणदत्त पौडेललाई सरुवा गरिएको छ । यसअघि उनी कार्य विभागमा कार्यरत थिए ।

कार्य विभागमा रहेका वंशीराज दाहाललाई सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ भने सीमा सुरक्षा विभागमा रहेका गणेश ठाडा मगरलाई कार्य विभागमा सरुवा गरिएको छ ।

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation