
काठमाडौँ ।
नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको नाम दर्ता (लाइसेन्स) परीक्षामा करिब ६० प्रतिशत चिकित्सक फेल भएका छन् ।
काउन्सिलले एमबीबीएस र बीडीएसको ७४औँ लाइसेन्स परीक्षामा ३९.४४ प्रतिशत चिकित्सक मात्रै उत्तीर्ण भएको जनाएको छ । पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थान परीक्षा केन्द्रमा कम्प्युटर विधिबाट मंगलबार र बुधबार लिइएको परीक्षामा ९४३ जनामध्ये ३७२ जना मात्र उत्तीर्ण भएका छन् ।
लाइसेन्स परीक्षाका लागि एमबीबीएस र बीडीएस दुवैतर्फ गरी ९६७ जनाले फारम भरेका थिए । उनीहरूमध्ये २४ जना अनुपस्थित रहेको काउन्सिलले जनाएको छ ।
यसपटक मेडिकल (एमबीबीएस) तर्फ ७९३ जनाले फारम भरेका थिए भने ७७५ जना परीक्षामा सहभागी भए । उनीहरूमध्ये ३०० जना (३८.७ प्रतिशत) मात्र उत्तीर्ण भएका छन् ।
डेन्टल (बीडीएस) तर्फ १७४ जनाले फारम भरेका थिए भने परीक्षाको बेला १६८ जना मात्र सहभागी भएका थिए । तीमध्ये ७२ जना (४२.८५ प्रतिशत) मात्र उत्तीर्ण भएका छन् ।












