
नेपाल राष्ट्र बैकले रिक्त रहेको विभिन्न पदहरुमा विज्ञापन गरेको छ । बैकले रिक्त रहेका विभिन्न पदहरुमा खुला प्रतियोगिताद्वारा पदपुर्ति गनुपर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकले आवेदन फारम पेश गर्नका लागि सुचना जारी गरेको छ । मंसिर १९ देखि विद्युतीय माध्यममार्फत दरखास्त फाराम पेश गर्न आव्हान गरिएको छ । विद्युतीय माध्यममार्फत दरखास्त फाराम पेश गर्दा बैंकले तोकेको सम्पूर्ण विवरण उक्त दरखास्त फाराममा उल्लेख गरी सोको साथ नेपाली नागरिकताको प्रमाणपत्र, दरखास्त दिने पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र लगाएतका विषयहरु उल्लेख गरिएको छ । तोकिएको दस्तुर तिरी मिति२०८२ पुस १० सम्म र दोब्बर दस्तुर तिरी मिति २०८२ पुस १७ सम्म विद्युतीय माध्यममार्फत दरखास्त पेश गर्नुपर्ने जनाइएको छ ।
विज्ञापन हेर्न यँहा क्लिक गर्नुहाेस Open-Vacancy-Notice










