
काठमाडौँ ।
कक्षा १२ को परीक्षा आगामी वैशाख १४ गतेबाट सुरु हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै २०८२ सालको कक्षा १२ को वार्षिक परीक्षा वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन हुने तालिका सार्वजनिक गरेको हो ।
जारी सूचनाअनुसार कुनै आकस्मिक बिदा पर्न गएमा समेत परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाविना परीक्षा स्थगित गरिने छैन ।
तोकिएको परीक्षा कार्यक्रमअनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को व्यवस्था नगरिने बोर्डले स्पष्ट पारेको छ ।
गत वर्ष कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि सुरु भएको थियो । नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण गत वर्षको परीक्षा १० दिनपछि सारिएको थियो ।













