
काठमाडौँ ।
प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेशले स्थानीय सेवाअन्तर्गत चौथो तहका विभिन्न प्राविधिक तथा अप्राविधिक पदहरूमा पदपूर्तिका लागि विज्ञापन खुला गरेको छ । खुला, महिला, आदिवासी/जनजाति, दलित, अपाङ्ग, मुस्लिम लगायत समावेशी समूहका लागि छुट्टाछुट्टै कोटा तोकिएको छ ।
विज्ञापनअनुसार असिस्टेन्ट सब–इन्जिनियर, अनमी, स्वास्थ्य सहायक, कृषि तथा पशु सेवा प्राविधिक, हेल्थ इन्स्पेक्सन लगायतका पदहरूमा दरखास्त माग गरिएको छ । इच्छुक उम्मेदवारले आवश्यक योग्यता पूरा गरी तोकिएको समयभित्र प्रदेश लोक सेवा आयोगको आधिकारिक वेबसाइट ppsc.gandaki.gov.np मार्फत विस्तृत सूचना हेरी आवेदन दिन सक्नेछन् ।











