
काठमाडौँ ।
नेपाल खुला विश्वविद्यालयको रिक्त उपकुलपति र कुलसचिव पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले दरखास्त आह्वान गरेको छ । समितिले आज सूचना प्रकाशित गर्दै योग्य उम्मेदवारहरूलाई आवेदन दिन आग्रह गरेको हो ।
नेपाल खुला विश्वविद्यालय ऐन, २०७३ को दफा १८ को उपदफा (१) बमोजिम उपकुलपति तथा सोही ऐनको दफा १९ को उपदफा (१) बमोजिम कुलसचिव नियुक्तिका लागि प्रक्रिया अघि बढाइएको सूचनामा उल्लेख छ ।
उपकुलपति र कुलसचिव छनोट प्रक्रिया ‘नेपाल खुला विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८२’ अनुसार हुने समितिले जनाएको छ ।
इच्छुक तथा योग्य व्यक्तिहरूले २०८२ पुस ३० गते कार्यालय समयभित्र आवेदन पेस गरिसक्नुपर्नेछ ।











