नेपाल टेलिकमले उप-प्रबन्धकदेखि सहायकसम्म ८० कर्मचारी माग्यो

काठमाडौँ ।

नेपाल टेलिकमले कर्मचारी माग गर्ने अवसर खोलेको छ । कम्पनीले शुक्रबार जारी गरेको सूचनाअनुसार तेस्रो तहदेखि नवौं तहसम्मका कर्मचारीको माग गरेको हो ।

टेलिकमले उप प्रबन्धक, वरिष्ठ इन्जिनियर, वरिष्ठ प्रशासनिक अधिकृत, वरिष्ठ लेखा अधिकृत, टेलिकम इन्जिनियर, ओभरसियर, सहायक लगायतका पदमा कर्मचारी माग गरेको जनाएको छ ।

परीक्षाको दस्तुर ८ र ९ तहका लागि आठ सय रूपैयाँ, ६ र ७ तहका लागि सात सय, ४ र ५ तहका लागि पाँच सय, र ३ तहका लागि तीन सय रूपैयाँ लाग्नेछ । समावेशी समूहका उम्मेदवारका लागि ६, ७, ८ र ९ तहमा दुई सय रूपैयाँ र ३, ४, ५ तहमा एक सय रूपैयाँ दस्तुर लाग्ने जानकारी दिइएको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले फागुन ७ गतेसम्म आवेदन दिन सक्नेछन्, र दोब्बर दस्तुर तिरेर फागुन १४ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation