खरिदार लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ ।

लोक सेवा आयोग, दिपायल कार्यालय (परीक्षा शाखा) ले खरिदार वा सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगका अनुसार विज्ञापन नं. ०८२/८३ अन्तर्गत खुला तथा समावेशी समूहका विभिन्न कोटाबाट लिइएको परीक्षामा सहभागीमध्ये तोकिएका उम्मेदवारहरू कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ताका लागि छनोट भएका छन् ।

लिखित परीक्षा २०८२/०३/२९ गते सञ्चालन गरिएको थियो । प्रकाशित नतिजाअनुसार खुलातर्फ २४, महिलातर्फ १५, आदिवासी जनजातितर्फ ७, मधेसीतर्फ ५, दलिततर्फ ५ र पिछडिएको क्षेत्रतर्फ ७ जना गरी कुल ६३ जना उम्मेदवार अन्तर्वार्ताका लागि छनोट भएका छन् ।

छनोट भएका उम्मेदवारले आवश्यक कागजातसहित तोकिएको मिति, समय र स्थानमा उपस्थित हुन आयोगले सूचना दिएको छ । कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ता सम्बन्धी विस्तृत विवरण आयोगको दिपायल कार्यालयमा उपलब्ध रहेको जनाइएको छ ।

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation