नेपाल बैंकको सहायक प्रबन्धक पदको एकमुष्ट योग्यता सूची सार्वजनिक

काठमाडौँ ।

नेपाल बैंक लिमिटेडले सहायक प्रबन्धक (तह–६) पदमा स्थायी नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारहरूको एकमुष्ट योग्यता सूची सार्वजनिक गरेको छ ।

बैंकको विज्ञापन नम्बर २४/२०८१–८२ (खुला तथा समावेशी) अनुसार प्राप्त कुल प्राप्ताङ्कका आधारमा सूची तयार गरिएको हो । बैंकको व्यवसाय प्रवर्द्धन समितिको निर्णयअनुसार प्रकाशित सूचीमा विभिन्न जिल्लाका १९ जना उम्मेदवार समावेश छन् ।

सम्बन्धित सबैको जानकारीका लागि उक्त सूचना प्रकाशित गरिएको बैंकले जनाएको छ ।

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation