लुम्बिनी प्रदेश लोक सेवा आयोगद्वारा चौथो तहका पदमा विज्ञापन (विवरणसहित)

काठमाडौं ।

लुम्बिनी प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवा तथा स्थानीय निजामती सेवाअन्तर्गत सहायकस्तर चौथो तह (अप्राविधिक/प्राविधिक) पदका लागि खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशित गरेको छ ।

प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा स्थानीय तहमा रिक्त पद पूर्तिका लागि उक्त विज्ञापन गरिएको हो । आयोगका अनुसार परीक्षा अनलाइन माध्यमबाट सञ्चालन हुनेछ भने इच्छुक तथा योग्य उम्मेदवारले आयोगको अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

प्रशासन सेवा, लेखा, तथा अन्य समूहअन्तर्गत खुला, महिला, आदिवासी जनजाति, दलित, मधेसी, अपाङ्गता भएका व्यक्ति तथा विपन्न वर्गका लागि पद संख्या छुट्याइएको छ ।

विज्ञापनसम्बन्धी विस्तृत विवरण लुम्बिनी प्रदेश लोक सेवा आयोगको वेबसाइटमार्फत प्राप्त गर्न सकिने जनाइएको छ ।

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation