
काठमाडौँ ।
सेयरबजारमा बुधबार कर्पोरेट डेभलपमेन्ट बैंक र आँखुखोला जलविद्युत कम्पनीको सेयरमा १० प्रतिशतले पोजिटिभ सर्किट ब्रेक लागेको छ । यी सेयरहरू क्रमशः ५.३८ अंकले बढेका हुन् । यसले लगानीकर्ताले प्रतिकित्ता १९९.७० रुपैयाँ र २७.७० रुपैयाँ आम्दानी गरेको छ ।
त्यसैगरी मिथिला लघुवित्त, पिपुल्स पावर लिमिटेड र बुद्धभूमि नेपाल हाइड्रोका सेयरधनीहरूले क्रमशः ९.५१, ९.२२ र ९.०४ प्रतिशत लाभ कमाएका छन् । बुधबार १४१ वटा सेयरको मूल्य बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
तर, गुडविल फाइनान्सको डिबेन्चर ८.०७ प्रतिशतले घटेको छ भने नारायणी डेभलपमेन्ट बैंक ४.६० प्रतिशतले मूल्य तल आएको छ । कुल ११२ वटा सेयरको मूल्य घटेको जानकारी दिएको छ ।
कारोबारमा आँखुखोला जलविद्युत कम्पनीको ८३ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । यसबाहेक राधी विद्युत्को ५४ करोड, एसवाई प्यानलको ४९ करोड, युनाइटेड मोदी हाइड्रोपावरको ४८ करोड र रिभर फल्स पावरको ३० करोडको कारोबार भएको छ ।
बुधबार लगानीकर्ताले कुल ११ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर किनबेच गरेका छन् । यो करिब २ करोड ३६ लाख कित्ताको कारोबार हो ।
आज वाणिज्य बैंक, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूह सामान्य रूपमा घटेका भए पनि अन्य समूहहरू हरियो बजारमा रहेका छन् ।












