गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाले निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाले निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । तयारी कक्षामा सहभागी हुन इच्छुकका लागि गाउँपालिकाले निवेदन पेश गर्ने सम्बन्धी सूचना प्रकाशन गरेको छ । रूरुक्षेत्र गाउँपालिकाको आ.व २०८३।०८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार रूरुक्षेत्र गाउँपालिका भित्रका नागरिकहरुलाई सरकारी सेवामा प्रवेशको लागि यस गाउँपालिकाबाट निःशुल्क पूर्व तयारी कक्षा संचालन गरिने भएकोले तपसिलका न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिहरुले सूचना प्रकाशन भएको मितिले २१ दिन भित्र आवश्यक कागजात सहित शिक्षा, युवा तथा खेलकुद शाखामा निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ सुचनामा भनिएको छ । लोकसेवा आायोग शिक्षक सेवा आयोग र बैकिंङ सबै क्षेत्रका तयारी कक्षा सञ्चालन हुन गाउँपालिकाले जनाएको छ ।

 

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation