
काठमाडौँ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सार्वजनिक खर्चको प्राथमिकता, उपयोगिता र गुणस्तर कमजोर हुँदा नागरिकमा असन्तुष्टि बढ्दै गएको बताउनुभएको छ ।
नेपाल आर्थिक पत्रकार समाजले आज काठमाडौँमा गरेको कार्यक्रममा मन्त्रीमण्डल सिन्हाले वर्षको बजेटमा विभिन्न शीर्षकमा अबण्डा बजेट राख्ने प्रवृत्तिले नागरिक असन्तुष्ट रहेको र अर्थतन्त्र कमजोर भएको बताउनुभयो । उहाँको भनाइ अनुसार, सार्वजनिक खर्चको उपयोगिता, सेवा प्रवाह सुधार र आर्थिक सुशासन अहिलेको सबैभन्दा महत्त्वपूर्ण विषय हो ।
उद्योगमन्त्री सिन्हाले राज्यले कर, शुल्क र अन्तर्राष्ट्रिय सहायताबाट सङ्कलन गरेको स्रोतलाई शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक सुरक्षा र प्रशासनिक सेवामा लगानी गरे पनि त्यसको प्रतिफल नागरिकले प्रभावकारी रूपमा अनुभव गर्न नसकेको स्वीकार गर्नुभयो ।










