
काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले कर्मचारी विनियमावली–२०५८ संशोधन गर्दै योगदानमा आधारित निवृत्तिभरण (पेन्सन) व्यवस्था लागू गरेको छ । विनियमावलीमा नियम ११७ क थपसँगै २०८२ साउन १ पछि खुला प्रतियोगिताबाट नियुक्त हुने कर्मचारीलाई यो व्यवस्था लागु हुने भएको हो ।
नयाँ पेन्सन योजनाअन्तर्गत कर्मचारीका लागि छुट्टै निवृत्तिभरण कोष स्थापना गरी लेखाङ्कन गरिने विनियमावलीमा उल्लेख गरिएको छ ।










