संघीय मामिला मन्त्रालयले १३ उपसचिव र १८ शाखा अधिकृतको सरुवा गर्यो

काठमाडौँ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तेह्र उपसचिव र १८ शाखा अधिकृतको एकैपटक सरुवा गरेको छ । सरुवा हुने उपसचिवमध्ये अधिकांश नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् ।

मन्त्रालयमा अतिरिक्त समूहमा रहेका तीन उपसचिवको पनि सरुवा भएको छ ।

मन्त्रालयमा अतिरिक्त समूहमा रहेका उपसचिव उमेशराज रिमाल जिल्ला समन्वय समिति, पर्सा, शेरबहादुर पुन गृह मन्त्रालय र ईश्वरप्रसाद आचार्य भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएका छन् ।

उपसचिव केशवप्रसाद रिजाल र शिवहरि पोखरेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन् । उनीहरु दुवै जना उदयपुर र सप्तरीको पालिकामा प्रमुख प्रशासकीय अधिकृत थिए ।

तेह्र जनामध्ये अन्य सबै स्थानीय तह तथा जिल्ला समन्वय समितिमा सरुवा भएका छन् ।

यसैगरी मन्त्रालयले १८ जना शाखा अधिकृतको पनि सरुवा गरेको छ । प्रसौनी गाउँपालिका, बारादेखि तथा तुलसी राम पौडेल, अर्घाखाँचीदेखि संघीय मामिला मन्त्रालयमा सरुवा भएका छन् ।

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation