फिफा विश्वकप २०२६ : खेल तालिका सार्वजनिक

२० मंसिर, काठमाडौं ।
आगामी वर्ष हुन गइरहेको फिफा विश्वकप २०२६ को समूह चरणको खेल तालिका सार्वजनिक गरिएको छ । अमेरिकाको वाशिंगटन डीसीमा आयोजित कार्यक्रममार्फत तालिका घोषणा गरिएको हो ।

अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा हुने विश्वकपमा यसपटक पहिलो पटक ४८ देश सहभागी हुँदैछन् । सहभागी टिमहरूलाई १२ फरक–फरक समूहमा विभाजन गरिएको छ ।

यस पटक समूह ‘आई’ लाई सबैभन्दा कडा प्रतिस्पर्धा हुने समूहका रूपमा हेरिएको छ । उक्त समूहमा फ्रान्स, नर्वे र सेनेगल परेका छन् ।

साविक विजेता अर्जेन्टिनालाई समूह ‘जे’ मा राखिएको छ । ब्राजिलले समूह ‘सी’ मा स्कटल्यान्ड र मोरक्कोजस्ता बलिया प्रतिस्पर्धीको सामना गर्नुपर्नेछ ।

आयोजक अमेरिकालाई समूह ‘डी’ मा अस्ट्रेलिया र पराग्वेजस्ता टिम परेका छन् ।

फिफा विश्वकप २०२६ : समूह चरणको खेल तालिका

समूह ‘ए’ : मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, प्लेअफ ‘डी’ को विजेता
समूह ‘बी’ : क्यानडा, प्लेअफ ‘ए’ को विजेता, कतार, स्विट्जरल्यान्ड
समूह ‘सी’ : ब्राजिल, मोरक्को, हाइटी, स्कटल्यान्ड
समूह ‘डी’ : अमेरिका, पराग्वे, अस्ट्रेलिया, प्लेअफ ‘सी’ को विजेता
समूह ‘ई’ : जर्मनी, कुराकाओ, आइभरी कोस्ट, इक्वाडोर
समूह ‘एफ’ : नेदरल्यान्ड, जापान, प्लेअफ ‘बी’ को विजेता, ट्युनिशिया
समूह ‘जी’ : बेल्जियम, मिस्र, इरान, न्युजिल्यान्ड
समूह ‘एच’ : स्पेन, केप भर्डे, साउदी अरब, उरुग्वे
समूह ‘आई’ : फ्रान्स, सेनेगल, प्लेअफ २ को विजेता, नर्वे
समूह ‘जे’ : अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया, जोर्डन
समूह ‘के’ : पोर्चुगल, प्लेअफ १ को विजेता, कोलम्बिया, उज्बेकिस्तान
समूह ‘एल’ : इंग्ल्यान्ड, क्रोएशिया, घाना, पनामा

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation