मौद्रिक नीति अपडेट : ब्याजदर करिडोरको हेरफेर

काठमाडौँ ।

मौद्रिक नीतिको समीक्षा सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो ।

समीक्षाअनुसार ब्याजदर करिडोरको सीमा हेरफेर गरिएको छ । करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा दर ६.०० प्रतिशतबाट घटाई ५.७५ प्रतिशत कायम गरिएको छ ।

त्यस्तै, नीतिगत दर ४.५० प्रतिशतबाट घटाई ४.२५ प्रतिशत कायम गरिएको छ । ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत यथावत् कायम राखिएको छ ।

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation