
काठमाडौं, ८ मंसिर ।
नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो ।
५८ वर्षे उमेरहदका कारण वर्तमान मुख्यसचिव एकनारायण अर्याल यही ९ मंसिर (भोलि) बाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि आज बसेको मन्त्रिपरिषद् बैठकले सुमनराज अर्याललाई नियुक्त गरेको हो ।
एकनारायण अर्याल १३ भदौ २०८१ मा मुख्यसचिव नियुक्त भएका थिए ।












