नेपाल धितोपत्र बोर्डमा सहायक द्वितीय पदका लागि दरखास्त आह्वान

काठमाडौँ ।

नेपाल धितोपत्र बोर्ड, खुमलटार ललितपुरले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत सहायक द्वितीय पद पूर्तिका लागि दरखास्त आव्हान गरेको छ ।

लोक सेवा आयोगको सहमति प्राप्त गरी प्रकाशित सूचनाअनुसार प्रशासन समूहमा खुला र महिला गरी दुई कोटामा पद रिक्त रहेको छ ।

उम्मेदवारले सेबोनको वेबसाइट www.sebon.gov.np को Career Tab मार्फत अनलाइन आवेदन दिन सक्नेछन् । दरखास्त २०७९/०८/२५ गतेदेखि २०७९/०९/१५ गतेसम्म, दोब्बर शुल्कसहित २०७९/०९/२२ गतेसम्म दिन सकिनेछ ।

आवश्यक शैक्षिक योग्यता, शुल्क, परीक्षा विधि तथा अन्य विवरण वेबसाइटमै उपलब्ध गराइएको सूचनामा उल्लेख छ ।

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation