
२७ कात्तिक, काठमाडौं ।
साताको अन्तिम दिन सेयर बजार १.१३ अंकले बढेको छ ।
सो वृद्धिपछि नेप्से परिसूचक २५४५ अंकमा कायम भएको छ । १२:३१ बजे नेप्से २५३० अंकसम्म झरेको थियो, जुन आजको न्यूनतम विन्दु हो । त्यस्तै, १४:०६ बजे नेप्से परिसूचक आजको अधिकतम २५५९ अंकसम्म पुगेको थियो ।
सेयर बजार झिनो अंकले बढ्दा पनि ६ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । ती कम्पनीहरू हुन्: माबिलुङ इनर्जी, स्वेतगंगा हाइड्रोपावर, सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर, बन्दीपुर केबुलकार र रुरु जलविद्युत् परियोजना ।
आज १२३ कम्पनीको मूल्य बढ्दा १२४ कम्पनीको घट्यो भने ८ कम्पनीको मूल्य स्थिर रह्यो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ३ अर्ब ८४ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४९ करोडको भयो ।
समूहगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ ।
बैंकिङ ०.१२%, फाइनान्स ०.०९%, होटल तथा पर्यटन ०.७२%, हाइड्रोपावर ०.२२% र व्यापार ०.७९% ले बढेका छन् ।
अन्य ०.२४%, निर्जीवन बीमा ०.४६%, उत्पादन तथा प्रशोधन ०.२९%, जीवन बीमा ०.२३%, लगानी ०.०७% र विकास बैंक ०.०८% ले घटेका छन् ।
सबैभन्दा धेरै मूल्य वृद्धि भएको कम्पनीहरूमा दरमखोला हाइड्रो इनर्जी ६.८८%, भूगोल इनर्जी ४.९९% र दोल्ती पावर ४.२०% रहेका छन् ।
सबैभन्दा बढी मूल्य घट्नेमा नेपाल माइक्रो इन्स्योरेन्स ४.८२% छ । यसबाहेक, इस्टर्न हाइड्रोपावर ३.७०%, बेस्ट फाइनान्स ३.१८% र सुपर मादी २.५०% ले घटेका छन् ।
आज धेरै कारोबार भएका कम्पनीहरूमा हिमालयन पावर पार्टनर, हिमालयन डिस्टिलरी, युनियन हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र साहस ऊर्जा छन् ।












