
काठमाडौँ ।
नेपाल वायु सेवा निगमले रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ ।
वायु सेवा निगमले बिहीबार बिहान सूचना जारी गर्दै महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्न लागिएको जानकारी दिएको हो । इच्छुक तथा योग्य नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिन सक्नेछन् ।
सूचनामा भनिएको छ, “आवेदन फाराम, उम्मेदवारको योग्यता तथा अनुभव, पेश गर्नुपर्ने कागजातहरू, परीक्षाको छनोट विधि, पारिश्रमिक तथा सुविधा र अन्य आवश्यक विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वेबसाइट www.tourism.gov.np मा उपलब्ध छन्।”
प्रधानमन्त्री कार्यालयका अनुसार छनोट समितिको बैठक ११ दिनसम्म नबस्दा पर्यटन सचिव हरिप्रसाद मैनालीलाई प्रधानमन्त्री सुशीला कार्कीले स्पष्टीकरण लिएकी थिइन् ।
स्रोतका अनुसार, “त्यही दिन बैठक बसालेर कार्यविधि तयार गरिएको र बुधबार उक्त कार्यविधि स्वीकृत भएपछि दरखास्त आह्वानको सूचना प्रकाशित गर्ने निर्णय भएको हो,” स्रोतले बताए ।













