नेत्रहीन महिला टी–२० विश्वकपमा नेपालले जितसँगै दियो धमाकेदार शुरुआत

काठमाडौँ ।

भारतमा जारी नेत्रहीन महिला टी–२० विश्वकपमा नेपालले विजयी शुरुआत गरेको छ ।

श्रीलङ्काले दिएको ८८ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमै मात्र १ विकेट गुमाएर पूरा गर्यो । नेपालकी मनकेशी चौधरीले २२ बलमा नटआउट ६१ रन बनाइन् । श्रीलङ्काकी सन्दया निलान्थीले १ विकेट लिए ।

यसअघि दिल्लीमा टस जितेर ब्याटिङ गरेको श्रीलङ्काले २० ओभरमा ८ विकेट गुमाएर ८७ रन बनाएको थियो । श्रीलङ्काकी कप्तान तथा विकेटकिपर मिहिरानी दुलान्जलीले सबैभन्दा धेरै २३ रन बनाइन् । नेपालकी कान्ति योगीले ३ विकेट लिएर टोलीलाई जित दिलाइन् ।

नेपालले दोस्रो खेलमा पर्सि शुक्रवार भारतसँग खेल्नेछ ।

हिजोदेखि शुरू भएको नेत्रहीन महिला टी–२० विश्वकपको फाइनल आउँदो मंसिर ७ गते हुनेछ । पहिलो संस्करणको प्रतियोगितामा भारत, नेपाल, अमेरिका, श्रीलङ्का, अस्ट्रेलिया र पाकिस्तान गरी ६ देशको सहभागिता रहेको छ ।

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation