सामुदायिक विद्यालय र सिकाइ केन्द्रका जग्गा विवरण संकलनमा शिक्षा मन्त्रालय

काठमाडौँ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालय र सिकाइ केन्द्रका नाममा रहेको जग्गा तथा त्यसको भोगचलन अवस्थाबारे विवरण माग गरेको छ ।

मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत विद्यालय र सिकाइ केन्द्रका नाममा भएका जग्गा, ती जग्गाको प्रयोग र स्वामित्वको अवस्था, साथै जग्गासम्बन्धी समस्या बारे विस्तृत विवरण संकलन गर्न सबै प्रदेश र जिल्लामा पत्राचार गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले केही जिल्लाबाट विद्यालय र सिकाइ केन्द्रका जग्गा हिनामिना भएको सूचनापछि केन्द्रलाई तत्काल विवरण संकलन गर्न निर्देशन दिएको जानकारी दिए ।

हाल मुलुकभर ३५ हजार ४४७ विद्यालय रहेका छन्, जसमा ७३ प्रतिशत सामुदायिक विद्यालय रहेको मन्त्रालयले जनाएको छ ।

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation