अक्सफोर्ड कम्प्युटरको २० औं वार्षिक उत्सवको अवसरमा ५० प्रतिशत छुट

बुटवलमा अवस्थित अक्सफोर्ड कम्प्युटले आफ्नो २० औं वार्षिक उत्सवको अवसरमा ५० प्रतिशत छुटको घोषणा गरेको छ । अक्सफोर्ड कम्प्युटर एकेडेमीले वि.सं २०६१ साल फाल्गुण ७ गते बुटवलको गोलपार्क स्थित बुटवल बहुमुखी क्याम्पसको अगाडी सेवा शुभारम्भ गरेको थियो । २० बर्षको अवधिमा यस एकेडमीले लोकसेवा आयोगको सिप परिक्षणको लागि कम्पुटर कक्षा लगाएतका विभिन्न कक्षाहरु सञ्चालन गरि विद्यार्थीको मन जित्न सफल भएको छ । कम्प्युटरका विभिन्न कोर्षहरुको प्रशिक्षण दिदै आईरहेको यस सस्थाले नेपाल सरकारबाट मान्यता प्राप्त सूचना प्रविधि तथा कम्प्युटर तालिमको क्षेत्रमा


समेत लुम्बिनी प्रदेशमै अग्रस्थानमा रहन सफल भएको छ । संस्थाले कम्प्युटर सम्बन्धी विभिन्न कोर्षहरु सञ्चालन गरी अधिकांश युवा युवतीहरुलाई रोजगारीको अवसर प्रदान गर्न मद्दत गरेको सञ्चालक कृष्ण घिमिरेले बताउनु भयो । कम्प्युटरको क्षेत्रमा काम गर्न चाहने विद्यार्थी तथा सरोकारवालाहरुको जीवन शैलीलाई नौलो बाटोमा अग्रसर हुन प्रोत्साहन गर्नुका साथै प्रविधिलाई नविनतम तरिकाबाट उच्चतम प्रयोगमा जोड दिएको उहाँले बताउनु भयो । साथै उहाँले अर्को तर्फ कमजोर तथा गृहणीहरुका लागि विशेष कक्षाहरुको व्यवस्था गरी अत्याधुनिक तरिकाबाट कम्प्युटर प्रशिक्षण दिई कम्प्युटर क्षेत्रको विकासलाई अग्रता दिइएको उल्लेख गर्नुभयो । हाल अक्सफोर्ड कम्प्युटर एकेडेमी, बुटवलले आफ्नो २० औं वार्षिक उत्सवको अवसरमा विद्यार्थीहरुलाई कम्प्युटरका विभिन्न कोर्षहरुमा ५० प्रतिशत छुट सहित भर्ना खुल्ला गरेको छ । संस्थाका प्रबन्ध निर्देशक रेश्मीराज घिमिरेले बार्षिक उत्सव समारोहमा छुटको व्यवस्था गरिएको बताउनु भयो । संस्थाले फाल्गुण ७ गते देखि फागुन ३० गतेसम्म २०० जना विद्यार्थीहरुको लागि यो सुविधा उपलब्ध गराउने जनाइएको छ ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation