कर्मचारी सगंठन दाङले फुटसल र कुर्सी दौड प्रतियोगिता गर्दै

नेपाल निजामती कर्मचारी सगठन जिल्ला कार्यसमिति दाङले ट्रेड युनियन दर्ता दिवसको अवसरमा विभिन्न अतिरिक्त क्रियाकलाप संचालन गर्ने भएको छ । नेपाल निजामती कर्मचारी सगठन जिल्ला कार्यसमिति दाङको बिस्तारित बैठकले ट्रेड युनियन दर्ता दिवसको अवसरमा विभिन्न अतिरिक्त क्रियाकलाप संचालन गर्ने निर्णय गरेको हो ।  यसैसन्दर्भमा पुस १५ गते आइतबार तुलसीपुरमा पालिकास्तरीय फुटसल प्रतियोगिता सम्पन्न गर्ने भएको छ । त्यसैगरी महिला कर्मचारीहरुको बिचमा कुर्सी दौड प्रतियोगिता आयोजना गरिएको नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति दाङका अध्यक्ष शेर बहादुर केशीले जानकारी दिनुभयो  । यसैबीच उक्त प्रतियोगितामा सहभागी हुनका लागि पौष १३ गतेसम्म नाम दर्ता गरिसक्न संगठन दाङले अनुरोध गरेको अध्यक्ष केशिले जानकारी दिनुभयो ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation