प्युठानको गौमुखीमा लोकसेवाको निशुल्क तयारी कक्षा संचालनमा

प्युठानको गौमुखी गाउँपालिकाले लोकसेवा आयोगको तयारी गर्नेहरुका लागी निशुल्क तयारी कक्षा संचालन गरेको छ । एक सूचना जारी गर्दै गाउँपालिकाले लोकसेवा तयारी कक्षा संचालन गर्न लागेको जानकारी गराएको छ । लोकसेवा आयोगको परिक्षा पास गरेर रास्ट्रसेवक बन्न चाहानेहरुका लागी निशुल्क तयारी कक्षा संचालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सिराम पौडेलले जानकारी दिनुभयो ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation