मेयर हर्क साम्पाङ् लाई स्थानीय तहका कर्मचारीको आन्दोलन र माग बारे जानकारी,धरानले लेख्यौँ सामान्य प्रशासन लाइ पत्र

धरानका कर्मचारीहरुले स्थानीय तहका कर्मचारीहरुको माग र भैरहेको आन्दोलन बारेमा मेयर हर्कराज राइलाई जानकारी गराएका छन । धरान उपमहानगर पालिकाका कर्मचारीहरुले स्थानीय तहका कर्मचारीहको मागहरु बारे जानकारी गराउदै भैरहेको आन्दोलनका बारेमा समेत जानकारी गराएका छन । धरान उपमहानगर पालिकाले पनि स्थानीय तहका कर्मचारीको माग बारे संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जानकारी गराएको छ । स्थानीय तहका कर्मचारीहरु १० दिनदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलनमा उत्रिएका छन । ऎनको अभावले गर्दा स्थानीय तहका कर्मचारीहरु सरुवा बढुवा जस्ता सामान्य अधिकार बाट समेत बन्चित भएका छन । निजामती सेवा ऎन जारी हुन नसक्दा स्थानीय तहका कर्मचारीहरु निकै अप्ठ्यारोमा परेका छन । सेवाको सुरक्षा र वृत्ती विकास जस्ता आधारभुत सुविधा बाट बन्चित हुन पुगेका छन भने निजामती अस्पतालको सहुलियतपूर्ण सुबिधा समेत लिन पाएका छैनन् । लामो समय देखी सरुवा नहुदा बर्षौ देखि एउटै स्थानीय तहमा बस्न बाध्य छन । स्थानीय तहमा समायोजन भएका कर्मचारीहरु लाई फरक व्यवहार गरिएको भन्दै देशभरका रास्ट्रसेवक कर्मचारीहरु आन्दोलित भएका हुन ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation