चौतर्फी बिरोध भएपछि नेपाल आयल निगमले पेट्रोलियम पदर्थमा गरेको मुल्यवृद्धि फिर्ता लिने भएको छ । चाडपर्वको मुखैमा भएको मुल्यवृद्धिको नागरिक स्तरबाट समेत बिरोध भएपछि सरकारले मुल्यवृद्धि फिर्ता लिन निगमलाई निर्देशन दिएको हो । आईतवार राति १२ बजेपछि पुरानै मुल्य कायम रहने निगमले जनाएको छ ।