नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेको छ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पुगेको छ । । बढेको मूल्य शनिबार राति १२ बजेपछि लागू हुनेछ । चाडपर्वको मुखमा पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धिले बजारभाउ र दैनिक उपभोग्य बस्तुको मुल्यवृद्धिलाइ प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation