पाल्पामा स्थानीय तहका कर्मचारीहरु संगठित गठन भयो स्थानीय तह कर्मचारी मञ्च

पाल्पामा स्थानीय तह कर्मचारीहरु संगठीत भएका छन । स्थानीय कर्मचारी मञ्च गठन गरेर पाल्पाका स्थानीय तहका कर्मचारीहरु संगठीत भएका हुन । जिल्लाका सम्पुर्ण स्थानीय तहमा सेवारत कर्मचारीहरुले तानसेनमा भेला भएर स्थानीय कर्मचारी मञ्च गठन गरेका हुन । भेलाले तानसेन नगरपालिकाका शिव शर्माको संयोजकत्वमा ११ सदस्यीय मञ्च गठन गरेको छ । जसको सह– संयोजकत्वमा सरोज काफ्ले सचिवमा विकल काफ्ले कोषाध्यक्षमा शर्मिला न्यौपाने सह सचिवमा काशिनाथ आचार्य रहनुभएको छ । यस्तै मञ्चको सदस्यमा किशोर खानाल कमल श्रीस विशाल ओली नारायण तिमिल्सीना प्रमोद भट्टराई तिलक जिसी धनीकला थापा विक्रम बस्नेत शर्मीला चौधरी र विमला आचार्य रहेको जनाइएको छ । यस्तै भेलाले मञ्चको सल्लाहकार संयोजकमा विनोद नेपाल, सल्लाहकार सदस्यहरुमा अर्जुन खनाल, सुजन घिमिरे, शिव आत्रेय, कोपीला न्यौपाने र हरी प्रसाद पराजुलीलाई चयन गरेको छ । नवगठित मञ्चले सबै स्थानीय तहमा पालिका स्तरीय मञ्च गठन गर्ने, स्थानीय तहमा कर्मचारीहरुको सरुवा, बढुवा, स्तर वृद्धि लगायतका विषयमा काठमाडौंमा भइरहेको आन्दोलनमा एकयवद्धता जनाउने, कर्मचारीहरुका समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षणका लागि ज्ञापनपत्र बुझाउने, कर्मचारीहरुको वृद्धि विकासमा योगदान पुर्‍याउने जस्ता कामहरु गर्ने जनाइएको छ । देशैभरका स्थानीय तहका कर्मचारीहरु एकिकृत निजामती सेवा ऐन जारी गर्न र स्थानीय तहका कर्मचारीलाई पनि निजामतीको परिभाषामा समेट्न माग गर्दै आन्दोलित भएका छन । शनिवार काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा स्थानीय तहका कर्मचारीहरुको भेला समेत भएको थियो । यसरी लामो समयसम्म निजामती सेवा ऐन जारी हुन नसक्दा मर्कामा परेका स्थानीय तहका कर्मचारीहरु संगठीत हुदै चरणबद्ध आन्दोलनमा उत्रिएका हुन ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation