नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिती धनकुटाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । निजामती सेवा दिवस २०८० को अवसरमा जिल्ला कार्य समिती धनकुटाले रक्तदान कार्यक्रम आयोजना गरेको हो । कर्मचारीहरुको पेशागत हक हितका लागि निरन्तर काम गर्दे आएको निजामती कर्मचारी संगठनले यस बर्षको निजामती सेवा दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्न लागेको हो । अस्पतालहरुमा हुने सक्ने रगत अभावको समस्यालाई मध्यनजर गर्दै जिल्ला कार्यसमिती धनकुटाले रक्तदान कार्यक्रम आयोजना गरेको हो । भाद्र २१ गते बिहान ८ बजे बाट रक्तदान कार्यक्रम सुरु हुने नेपाल निजामती कर्मचारी संगठन धनकुटाका अध्यक्ष रामकृष्ण सुवेदिले जानकारी दिनुभयो । धनकुटा अस्पतालमा बिहान ८ बजेदेखी सुरु हुने कार्यक्रममा उपस्थित भएर रक्तदान गर्न जिल्ला अध्यक्ष सुवेदिले सम्पुर्णमा अनुरोध गर्नुभएको छ । रक्तदान जिवनदान भएको हुँदा रक्तदान गर्न मिल्ने सम्पुर्ण रक्तदाताहरुलाई कार्यक्रममा उपस्थित भएर रक्तदान गरिदिन संगठनले धनकुटाले अनुरोध गरेको छ ।