तिहारको दोस्रो दिन आज कुकुर तिहार लक्ष्मी पुजा पनि आजै

तिहारको दोस्रो दिन कुकुर तिहार सँगै लक्ष्मीपुजा पनि आजै परेको छ । आज कुकुरको पुजा गर्ने गरिन्छ भने लक्ष्मीपुजा पनि आजै परेकोले आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाउने गरिन्छ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ। सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई स्वागत गरि भित्राउने गरिन्छ। आज विशेषगरी घरका झ्याल, ढोका, संघार, कौसी, भर्याङलगायत स्थानमा सरसफाइ गरी झिलिमिलि बत्ति बाली दीपावली गरिन्छ। लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औंसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाउने गरिन्छ ।

 

 

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation