कोशी प्रदेशमा स्थानीय सेवा सहायक चौथो तहका लागि ठूलो संख्यामा विज्ञापन (विवरणसहित)

काठमाडौँ ।

स्थानीय सरकारी सेवा अन्तर्गत प्राविधिक तथा अप्राविधिकतर्फ सहायकस्तर चौथो तहका विभिन्न पदका लागि खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन प्रकाशित भएको छ ।

स्थानीय सरकारी सेवा आयोगले प्राविधिक र अप्राविधिक सेवाका विभिन्न समूह तथा उपसमूहअन्तर्गत असिस्टेन्ट सब इन्जिनियर, खरिदार सरहका पद, अमिन, नायब प्राविधिक सहायक, नायब पशु स्वास्थ्य प्राविधिक लगायतका पदमा दरखास्त आह्वान गरेको हो ।

खुला, महिला, आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम तथा अपाङ्गता समूहका लागि पद संख्या तोकिएको छ । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले आयोगको अनलाइन दरखास्त प्रणाली pscconline.psc.gov.np मार्फत आवेदन दिन सक्नेछन् ।

आवेदन प्रक्रिया, परीक्षा प्रणाली र पदसम्बन्धी विस्तृत विवरण आयोगको सूचनामा उल्लेख गरिएको छ ।

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation